लागूऔषध नाइट्राभेटसहित प्रहरी कर्मचारी पक्राउ

सप्तरी  ९ असोज, । सप्तरीबाट लागूऔषधसहित एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउतलाई प्रहरीले लागूऔषध नाइट्राभेटसहित तिलाठी-कोइलाडी गाउँपालिकाबाट पक्राउ गरेको हो । तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा कालो प्लास्टिकभित्र रहेको नाईट्राभेट ७५ थान र रू ४ हजार २ सय फेला परेको प्रहरीले जनाएको छ…