काठमाडौँ, २० जेठ । लकडाउनको मौकामा जुवा खेलिरहेका नौ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गएराति कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई पक्राउ गरेको हो । निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी…