सूर्यविनायक नगरपालिका वडामा बालविवाह बिरुद्ध अभियान सञ्चालन

भक्तपुर, ७ कार्तिक । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाह मुक्त हाम्रो प्रदेश’ भन्ने मुल नाराका साथ सूर्यविनायक नगरपालिकाका वडाहरुमा बालविवाह विरुद्ध अभियान सञ्चालन गरिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश नं. तीनले बालविवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति, २०७६ लागु गरि वि.सं. २०७८ को अन्त्य सम्म प्रदेशलाई बालविवाह मुक्त प्रदेश बनाउने लक्ष्य…