पोखरीमा डुबेर बालिकाको मृत्यु

सप्तरी, ३ कार्तिक । कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा नहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।