काठमाडौँ, ८ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ । प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको…