काठमाडौँ, २६ भदौ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ८ बाट भाद्र २४ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले सो ठाउँको सतखोली जंगलमा धराप थापेको अवस्थामा रहेको उक्त भरुवा बन्दुक बरामद गरेको हो । बरामद बन्दुक एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा…