काठमाडौँ, २४ भदौ । काठमाडौँबाट चोरी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको जनाएको छ । डा. रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै प्रहरीमा उजुरी…