काठमाडौँ, १५ असार । सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो । खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको अवरोध…