करेन्ट लागेर हात्तीको मृत्यु

झापा, १४ असार । झापामा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ । आज बिहान हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा करेन्ट लागेर हात्ती मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताएका छन । बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ…