सामुदायिक वनमा तीन थान बन्दुक फेला

मोरङ, १७  भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा रहेको नमूना सामुदायिक वनबाट बवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक बरामद भएको छ । सोमबार विहान प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।