ओखलढुङ्गा, ११ जेठ । जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् । अस्थायी करार सेवामा उनी २०६२ सालदेखि जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहँदै आएका थिए । अदालतका श्रेष्तेदार नेत्रबन्धु पौडेलका अनुसार रातिको समयमा कार्यलयमा बस्ने दाहाल दिउँसो…