मनसुनपछिको विपद्का कारण १११ जनाको मृत्यु, ४० जना बेपत्ता

काठमाडौँ, १० साउन । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । बाढीबाट रौतहटमा १० जनाको मृत्यु भएको छ ।…