पहिरोले सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौँ, २३ साउन । पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । आज बिहान ४ : ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको…