महोत्तरी, २० चैत । महोत्तरीमा खाटबाट खसेर ६ महिने शिशुको मृत्यु भएको छ । बुधबार लोहारपट्टी नगरपालिका–३ मधैयामा अख्तर कवाडीका ६ महिने छोरा दिल महमद खाटबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल पुर्याउनासाथ महमदलाई डाक्टरले मृत घोषणा गरेको महोत्तरी प्रहरीले जनाएको छ ।