क्यान्सर विजेताको सम्मान : धम्मावती गुरुमाबाट १० लाख सहयोग

ललितपुर, २५ फागुन । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गत पुस २७ गते ललितपुरमा पहिलोपटक आयोजित ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो २०७५’ का सहभागी दुईदर्जन महिला र पुरुषलाई शुक्रबार सम्मानित गरियो । क्यान्सर लागेर उपचारपछि निको भएका क्यान्सर विजेतालाई सहभागी गराई नेपालमै पहिलोपटक गत पुस २७ मा जनचेतनामूलक र्याम्प शो आयोजना गरिएको थियो ।…