भक्तपुर, १४ फागुन । पातञ्जल योग समिति नेपालले कास्की जिल्लामा एक वृहत योग शिविर कार्यक्रमको शुभारम्भ गर्दै पातञ्जल योग समिति नेपालको अभियानलाई तिव्रता दिएको छ । नेपाल सरकार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गबाट उद्घाटन गर्दै आरम्भ गरिएको सो शिविरमा मन्त्री गुरुङ्गले पातञ्जल योग समिति नेपाल परनिर्भरताबाट आत्मनिर्भरता तर्फ उन्मुख भएको बताउनुभयो…