खोलियो क्षेत्रीय विद्युत् व्यापारको ढोका

काठमाडौँ, ८ मंसिर । भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेवा)को विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्न निश्चित भएपछि क्षेत्रीय विद्युत व्यापारको ढोका खुलेको छ । आयोजनाको ९०० मेगावाटमध्ये ५०० मेगावाट विद्युत किन्न विद्युत् खरिद/विक्री सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको हो । ‘माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने स्वीकृतिका लागि फाइल सरकार…