भक्तपुर, २९ माघ । अन्तर्र्रािष्ट्रय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट गत मंसीरमा ‘उदाउँदो केन्द्र’ को रुपमा पुरस्कृत भक्तपुर युरो किड्सले आफ्ना अभिभावकहरुलाई घरघरमै गएर धन्यवाद सहितको प्रशंसापत्र वितरण गरेको छ । अभिभावकहरुको विश्वासको उच्च कदर गर्दै विद्यालयका पदाधिकारीहरु घरघरमै गएर अभिभावकहरुलाई धन्यवाद सहितको प्रशंसापत्र दिएको यो नै संभवत नेपालको पहिलो र नौलो घटना हो…