काठमाडौँ, २८ कार्तिक । काठमाडौँ जिल्ला अदालतले दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय सुनाएको छ । अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ ।…