काठमाडौ,१६ चैत्र । सरकारले आफुसँगै पैसा सकिएको संसदलाई जानकारी गराएको छ । अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले ढुकुटी रित्तिदै गरेकाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले अहिले अनौपचारिक अर्थतन्त्र मौलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । कर्मचारीको…