बेइजिङ, ८ कात्तिक एएफपी । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव ९प्रमुख० एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो । सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी…