काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशामा रहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १ सण्डा बस्ने २२ वर्षीय जीवन यादवलाई सुनवल नगरपालिका ९ स्वाठीमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर…