काठमाडौँ, ३१ साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसद्हरुले बाढीपहिरोबाट प्रभावितको शीघ्र र प्रभावकारी उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गरे । उनिहरुले मृतकका परिवारलाई कम्तीमा रु पाँच लाख दिन र घर निर्माण खर्च बढाउन पनि माग गरे । नेपाली काँग्रेसका महेश आचार्यले सरकारले बाढीपहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका काममा प्राथमिकता दिनुपर्ने र…