काठमाडौं, १० साउन । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबारदेखि नै कार्यभार सम्हाल्नेगरी खनाललाई ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारीमा पठाएको हो । महाशाखा सम्हाल्दै आएका डीआईजी मिङमार लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा तानिएको छ । महानगरीय प्रहरी अपराध महाशाखामा रहेर अपराध अनुसन्धानमा तहल्का…