काठमाडौँ, २ भदौ । युवा संघ नेपालको नवौँै महाधिवेशनमा करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने भएको छ । आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट प्रतिनिधि छनोट गरिनेछ । तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ ।…