दैलेख, २२ वैशाख । दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले बताए । उनका अनुसार आइतबार बेलुका ५ः५० बजेतिर उक्त घटना घटेको हो । विद्युत् प्राधिकरणको चरम लापरबाहीकै कारण युवकको ज्यान गएको भन्दै…