भदौ २२, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा प्रहरीको लापर्वाही देखिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताएका छन । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापर्वाही गरेको देखिएको बताएको हो । उनले निर्मलाको बलात्कारपश्चात हत्याको घटनालाई लिएर कञ्चनपुरमा भएको आन्दोलन बिना कारण नभएको भन्दै…