काठमाडौं,३० फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन–कानून प्राप्त भएकोले चुनाव कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेको बताए ।…