नदीमा डुबेर एक बालकको मृत्यु 

काठमाडौँ, २० वैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेका अनुसार साथीसँग शुक्रबार दिउँसो करिब १२ बजे राप्तीमा पौडी खेल्न गएका राप्तीसोनारी–३ बैंसा निवासी १३ वर्षको सफर विकको डुबेर मृत्यु भएको हो ।  करिब १२ बजे सफर विक राप्तीमा डुबेको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको…