बुटवल, १३ असार । रुपन्देहीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटाएका कर्मचारी, सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पुगेर काम थालिसकेका छन् । जिल्लामा बुटवल उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । कुल ८४५ पदका लागि करिब चार हजार ४०० उम्मेदवार चुनावी मैदानमा उत्रिएका…