महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धता आधारित हुन्छ –राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली  स्वीट्जरल्यान्ड, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धताका आधारमा हुने भएकाले सो क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ आँैं सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिकस्तरलाई माथि उठाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो ।…