अनलाइनबाट सामान किन्दा सावधान रहन प्रहरीको आग्रह

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर र कास्की प्रहरीले छुट्टाछुट्टै सूचनामार्फत् सावधान रहन आग्रह गरेका हुन् । प्रहरीले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दाे विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा त्यो सामान…