काठमाडौँ, २० कार्तिक । रुपन्देहीको सिद्धार्थनगरपालिका वडा नम्बर १२ भैरहवामा बसको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार बसले आज ठक्कर दिँदा मृत्यु भएका व्यक्तिको हालसम्म परिचय भने खुलेको छैन । जन्ती लिएर आएको मधेस प्रदेश ०३–००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको थियो । घटना…