काठमाडौँ, ८ असार । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको गोदाम आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो । सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो…