बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौँ, १८ कार्तिक । भक्तपुरमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का २१ वर्षीय सन्तोष भुजेललाई सोमबार दिउँसो पक्राउ गरेको हो । १३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सन्तोषले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।