काठमाडौँ, २१ जेठ । पचहत्तर वर्षअघि सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को…