काठमाडौँ, ४ साउन । बारा जिल्लामा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जानकी टोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर केशव सुनुवारको घरको तेस्रो तल्लामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा जीतपुरसिमराका सुसन खाती सुनार, बलराम विश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवास्तव,…