जेनजीकाे सदस्य भन्दै चालक कुट्ने युवक पक्राउ

काठमाडौँ, २३ असोज । जेनजीको सदस्य बताउँदै सवारी चालकलाई कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिकामा आफूलाई ‘जेनजी’ आन्दोलनको सदस्य बताउँदै सवारी साधन रोकेर चालकमाथि कुटपिटमा संलग्न सोही गाउँपालिका–१ का २२ वर्षीय अमिर रुम्बालाई पक्राउ गरेको हो । असोज २२ गते राति १० बजेको समयमा रुम्बाले केही…