विष्णुमती र बागमती नदीमा जलसतह सतर्कता तह पार, सतर्क रहन आग्रह

काठमाडौँ, २५ असार । काठमाडौँ उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण विष्णुमती र बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान  एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौँको गोङ्गबुस्थित विष्णुमती नदी र गौरीघाटस्थित बागमती…