काठमाडौँ, ९ असार । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । मृत भेटिएको कोठाको ढोका बाहिरबाट ताल्चा लागेको अवस्थामा फेला परेको थियो । घटनास्थललाई सिल…