काठमाडौँ, २७ पौष । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई ४ विकेटले हराएको छ । अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४९, पूजा महतोले ४३ रन बनाइन् । अमेरिकाकी तारा नोरिस र लेखा सेट्टीले २/२ विकेट…