पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौँ, २५ भदौ । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ । धादिङ प्रहरीका अनुसार गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको हो । पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ । आज बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ…