गुन्डानाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौँ, १६ साउन । गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । उनीसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।  विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।  आपराधिक गतिविधि बढाउने तथा नागरिक र व्यवसायीलाई तर्साउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ ।…