दुई जना मृत अवस्थामा फेला

काठमाडौँ, ६ फागुन । कैलालीमा फरक स्थानमा दुई जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जनाको शव फेला परेको हो । घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेलधुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत फेला परेका थिए । …