हरियो धनियाँको मूल्य घट्यो

काठमाडौँ, २ चैत । बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँको मूल्य घटेको हो । आज हरियो धनियाँको मूल्य पनि २५ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो ७० रुपैयाँमा किनबेच भएको धनियाँ आज ४५ रुपैयाँ कायम छ ।