निजी स्कुलको बसमा आगलागी

काठमाडौँ, २५ बैशाख । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ । रुपन्देही प्रहरीका अनुसार शुद्धोधन गाउँपालिका-४ फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगो लागेको हो । गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेकामा आगो लागेलगत्तै उनीहरुलाई चालक र सहचालकले  बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको प्रहरीले जनाएको…