कालिकोट, ८ वैशाख । कालिकोटकाे पलाँता गाउँपालिका-२ लार्फमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ । आइतबार राति पलाँता गाउँपालिका-९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा राति ११:३० मा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालकसहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर…