काठमाडौँ, ३ मंसिर । अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिनामा ३३ हजार ३१० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६७८ र अन्य मुलुकका २१ हजार ६३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । एक्यापका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण…