पाल्पामा एक महिला मृत फेला

काठमाडौँ, २ मंसिर । पाल्पाको रामपुर नगरपालिका ३ बगाहा–सीताकुण्ड सडकखण्डमा एक महिला मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेकी छन् । शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी ती महिलालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । तर…