घरको भित्तामा कार ठोक्किदा चालकको मृत्यु

काठमाडौँ, ३ चैत । कैलालीमा अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो कार शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ…